Dhulikhel Eco Banner new

विराजभक्तले दाबी फिर्ता लिएपछि रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

1K
shares

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए। पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ।