Dhulikhel Eco Banner new

बुधबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक : डलरको बिक्री दर १५१.७६ रुपैयाँ कायम

702
shares

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले जारी गरेको विवरणअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५१ रुपैयाँ १६ पैसा र बिक्री मूल्य १५१ रुपैयाँ ७६ पैसा कायम भएको छ।

अन्य प्रमुख मुद्राहरूमध्ये युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ २८ पैसा र बिक्री दर १७२ रुपैयाँ ९७ पैसा तोकिएको छ। त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिदमा २०० रुपैयाँ ०७ पैसा र बिक्रीमा २०० रुपैयाँ ८६ पैसा निर्धारण हुँदा अस्ट्रेलियन डलरको खरिद–बिक्री दर क्रमशः १०४.०६ र १०४.४७ रुपैयाँ रहेको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुकका मुद्राहरूको भाउ पनि अद्यावधिक गरिएको छ। जसअनुसार साउदी रियाल एकको खरिदमा ४०.२४ र बिक्रीमा ४०.४० रुपैयाँ तथा कतारी रियाल र युएई दिराम दुवैको खरिद दर ४१.४७ र बिक्री दर ४१.६३ रुपैयाँ तोकिएको छ। यस्तै, मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ र बिक्री दर ३७.१५ रुपैयाँ कायम भएको छ।

सबैभन्दा महँगो मुद्राका रूपमा रहेको कुवेती दिनार एकको बिक्री दर ४९२.८९ रुपैयाँ र बहराइन दिनारको बिक्री दर ४०२.५२ रुपैयाँ रहेको छ। यता, भारतीय रुपैयाँ भने सधैंझैं एक सयको खरिद दर १६० र बिक्री दर १६०.१५ रुपैयाँमै स्थिर छ। केन्द्रीय बैंकले उल्लेख गरेको यो दर बजारको आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन हुन सक्ने र वाणिज्य बैंकहरूले आफ्नो अनुकूलतामा केही फरक विनिमय दर तय गर्न सक्ने जनाएको छ।