Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

1.94K
shares

काठमाडौं, १९ असार । शुक्रवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सानिगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.६५ प्रतिशतका दरले गुमाएका छन् ।