Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम घट्यो

1.18K
shares

काठमाडौं, २२ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५५ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका छन् ।