Dhulikhel Eco Banner new

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्डाबीच शिष्टाचार भेट

728
shares

काठमाडौं, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाहसँग मंगलबार एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए। हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए।

सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब २५ अर्ब अर्थात् १६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।