Dhulikhel Eco Banner new

सुनको मुल्य घटयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

897
shares

काठमाडौं, २३ असार । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य १ हजार ४ सयले घटेको छ।

महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ८९ हजार ४ सयमा कारोबार भएको सुन मंगलवार घटेर प्रतितोला २ लाख ८८ हजार मा कायम भएको छ ।

त्यसैगरी,मंगलवार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।सोमवार प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ५ सय ५५ रुपैयाँमा कायम भएको हो ।