Dhulikhel Eco Banner new

२०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एडिबीको प्रक्षेपण

1.03K
shares

काठमाडौं, २५ असार । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडिबी)ले प्रक्षेपण गरेको छ। त्यस्तै सन् २०२५ मा ४.४ प्रतिशतको आर्थिक वृद्धि भएको र २०२७ मा ४.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

सरकारले आगामी आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चालु आवमा ६ प्रतिशतको लक्ष्य भए पनि ३.८५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ। आगामी वर्ष एसिया र प्रशान्त क्षेत्रकै आर्थिक वृद्धि सुस्त हुने एडिबीको प्रक्षेपण छ। विश्व अर्थतन्त्रमा देखिएको तनाव, मूल्यवृद्धि र आपूर्ति श्रृंखलामा देखिएको अवरोधले यस क्षेत्रको आर्थिक वृद्धिमा प्रभाव पार्ने एडिबीको भनाइ छ। सन् २०२६ मा दक्षिय एसियामा सबैभन्दा ठूलो वृद्धिदर भारतमा हुने भएको छ।

एडिबीका अनुसार भारतको आर्थिक वृद्धिदर ६.६ प्रक्षेपण गरिएको छ। त्यस्तै भुटानमा ६.५, श्रीलंकामा ४ र बंगलादेश र पाकिस्तानमा समान ३.७ प्रतिशत आर्थिक वृद्धि हुनेछ। अफगानिस्तानमा २.३ र माल्दिभ्समा १ प्रतिशत आर्थिक वृद्धि हुनेछ। समग्र रूपमा सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत अनुमान गरिएको छ। एडिबीले सन् २०२६ मा चीनको आर्थिक वृद्धिदर ४।६ हुने अनुमान सार्वजनिक गरेको छ।