उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ साउन ४ सोमवार १५:१६
shares

काठमाडौं, ४ साउन । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ५१ करोड कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले १४.६४ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले १०.९५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन् ।



















