जोनसन एन्ड जोनसनले ५.५ अर्ब डलर क्षतिपूर्ति दिने
वि.सं.२०८३ साउन १२ मंगलवार १७:०५
shares

काठमाडौं, १२ साउन । जोनसन एन्ड जोनसनले कम्पनीको बेबी पाउडर र ट्याल्कम उत्पादनहरुले पाठेघरको क्यान्सर निम्त्याउने आरोप लगाइएका हजारौँ मुद्दा समाधान गर्न ५.५ अर्ब डलरसम्मको क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ।
यो प्रस्ताव वर्षौंदेखि चलिरहेको र न्यु जर्सीमा आधारित स्वास्थ्य सेवा कम्पनीलाई निरन्तर दबाब दिइरहेको प्रमुख कानुनी विवाद अन्त्य गर्ने प्रयास हो। यद्यपि, जोनसन एन्ड जोनसनले ती आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीले आफ्नो ट्याल्कम उत्पादनहरुले क्यान्सर ननिम्त्याउने भनी दाबी गरेको छ। कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र पनि परिवर्तन गरेको छ। कम्पनीको मुद्दा शाखाका उपाध्यक्ष एरिक हासले ती आरोप ‘निराधार’ रहेको बताए। ‘कम्पनी यो लामो समयदेखि चलिरहेको विवादलाई एकपटक र सधैँका लागि अन्त्य गर्न मात्र समाधान गर्न इच्छुक छ’, उनल भने।
जोनसन एन्ड जोनसनले सन् २०२८ सम्म कुनै अतिरिक्त भुक्तानी बिना अर्को वर्ष ३ अर्ब डलरसम्म तिर्ने जनाएको छ।


















