शेयर बजारमा ४ अर्ब ६९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन ७ बिहीवार १५:१८
shares

काठमाडौं, ७ साउन । शेयर बजारमा ४ अर्ब ६९ करोड कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २८ करोड ३३ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको २७ करोड ५२ लाख रुपैयाँ कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको २४ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि सोलु हाइड्रोपावर लिमिटेडको १७ करोड १९ लाख रुपैयाँको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड २४ लाख रुपैयाँ कारोबार भएको छ ।

















