दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ साउन ७ बिहीवार १५:१३
shares

काठमाडौं, ७ साउन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६९ करोड कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ४.४८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि बीओके डिबेन्चर २०८६ कका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् भने एसबिएल डिबेन्चर २०८३का लगानीकर्ताले २.९९ प्रतिशतका दरले गुमाएका छन् ।

















