दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ साउन ७ बिहीवार १५:०८
shares

काठमाडौं, ७ साउन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६९ करोड कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १३.७१ प्रतिशतका दरले कमाएका छन् भने एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ११.०४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि शिखर पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले कमाएका छन् भने होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ७.५१ प्रतिशतका दरले कमाएका छन् ।


















