Dhulikhel Eco Banner new

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने एमबाप्पे

2K
shares

मियामी — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेपछि उनले विश्वकपमा आफ्नो गोल संख्या २२ पुर्‍याएका हुन्।

तीन संस्करणको विश्वकप खेलेका एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीको कीर्तिमान तोडे। मेसीले विश्वकपमा २१ गोल गरेका छन्। एमबाप्पेले सन् २०१८ मा चार, २०२२ मा आठ र जारी विश्वकपमा १० गोल गरेका हुन्।

जारी प्रतियोगितामा पनि एमबाप्पे सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनले १० गोल गर्दा मेसीले आठ गोल गरेका छन्। फ्रान्स भने तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग ६–४ ले पराजित भएको थियो।