सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पाका सेवामा २५प्रतिशत सम्म छुट
वि.सं.२०८३ साउन १९ मंगलवार ०९:३८
shares

काठमाडौं, १९ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पा प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्पा र ब्युटी सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकमा खाता भएका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत तथा व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुटको सुविधा पाउनेछन्।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटी स्पा प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता २०८३ साउनदेखि दुई वर्षसम्म लागू रहने जनाइएको छ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य, सौन्दर्य र वेलनेस सेवामा सहज पहुँच तथा आर्थिक लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा सुदृढ आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा पनि आफ्ना सेवा तथा सुविधालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।


















