Dhulikhel Eco Banner new

एनआईसी एसिया क्यापिटलले दिने भयो ५० प्रतिशत नगद लाभांश

585
shares

काठमाडौं, २७ साउन। एनआईसी एसिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको साउन २६ गते बसेको १७४औँ बैठकले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले आगामी भदौ २६ गते आठौँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजे बस्नेछ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८३ असार मसान्तसम्मको वासलातसहितका वित्तीय विवरण प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

सभाले प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ ।