Dhulikhel Eco Banner new

‘भिजिट नेप्से’ कार्यक्रममा सहभागी हुन शैक्षिक संस्थालाई आवेदन खुला

442
shares

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विद्यार्थीलाई पूँजी बजारबारे व्यवहारिक जानकारी दिने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाबाट आवेदन माग गरेको छ।

चालू आर्थिक वर्ष २०८३/८४ मा कार्यक्रममा विद्यार्थी सहभागी गराउन चाहने विद्यालय तथा क्याम्पसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने नेप्सेले जनाएको छ। आवेदन दिने अन्तिम मिति भदौ ९ गते तोकिएको छ।

कार्यक्रममार्फत विद्यार्थीलाई पूँजी बजारको संरचना, शेयर कारोबारको प्रक्रिया र लगानीसम्बन्धी आधारभूत विषयमा जानकारी गराइनेछ। अवलोकन भ्रमण तथा अन्तक्रियालाई कार्यक्रमको मुख्य हिस्सा बनाइएको छ।

आवेदन दिन चाहने संस्थाले आफ्नो नाम र ठेगाना, सहभागी हुने अनुमानित विद्यार्थी संख्या, प्रस्तावित भ्रमण मिति, विद्यार्थीको कक्षा वा तह तथा सम्पर्क व्यक्तिको विवरण नेप्सेको इमेलमार्फत पठाउनुपर्नेछ।

नेप्सेले यस कार्यक्रमले विद्यार्थीमा पूँजी बजारप्रतिको बुझाइ बढाउनुका साथै वित्तीय साक्षरता विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ।