Dhulikhel Eco Banner new

झिनो अकंले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

351
shares

काठमाडौं, २७ साउन । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५३ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।