Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

299
shares

काठमाडौं, २७ साउन । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५३ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले कमाएका छन् भने जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ३.८५ प्रतिशतका दरले कमाएका छन् ।