Dhulikhel Eco Banner new

‘एसईई प्रिन्सेस’ प्राप्ति श्रेष्ठको फिल्म डेब्यु, ‘कंगाल करोडपती’मा अभिनय गर्ने

3.39K
shares

काठमाडौं, २० साउन । एसईई प्रिन्सेस २०२४ (सिजन १२) की अवार्ड विजेता प्राप्ति श्रेष्ठ ले आफ्नो जन्मदिनको अवसरमा नेपाली चलचित्र क्षेत्रमा औपचारिक प्रवेश गरेकी छन्। उनी निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कंगाल करोडपती’ मार्फत अभिनयमा डेब्यु गर्न लागेकी हुन्।

नृत्य र मञ्च प्रस्तुतीमा सक्रिय प्राप्तिले विभिन्न सांगीतिक भिडियो, विज्ञापन तथा अनेकौं मञ्चीय कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन्। तेक्वान्दोकी ब्ल्याक बेल्टसमेत रहेकी उनी अब ठूलो पर्दामा आफ्नो अभिनय क्षमता देखाउने तयारीमा छिन्। सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता प्रवीण आचार्य, निर्माता अनिलकुमार बुढाथोकी तथा कथा, पटकथा र संवाद सुमन गजमेरले तयार पारेका छन्।

यसअघि अभिनेता मुकुन भुसाल, सलिना तामाङ र रेयर राई चलचित्रमा आबद्ध भइसकेका छन्। प्राप्ति श्रेष्ठको आगमनसँगै चलचित्रको कलाकार टोली थप सशक्त बनेको निर्माण पक्षले जनाएको छ।