Dhulikhel Eco Banner new

भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

494
shares

काठमाडौं, २३ भदौ । भोटेकोशी बाढी पीडितका लागि नेपाल क्यासिनो एसोसिएसनले ८५ लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग दिएको छ।

अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा गएको एसोसिएसनको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। त्यस अवसरमा एसोसिएसनका पदाधिकारीहरू र सम्बन्धित क्यासिनोका महाप्रबन्धकहरू पनि सहभागी थिए।

एसोसिएसनमा आबद्ध महाराजा द रोयल क्यासिनो (काठमाडौं र पोखरा), बादशाह क्यासिनो, क्यासिनो माजोङ नेपाल, माजोङ वीरगञ्ज, माजोङ नेपालगञ्ज तथा क्यासिनो माजोङ काठमाडौं, नेपालगञ्ज र वीरगञ्जका कर्मचारीहरूको संयुक्त पहलमा उक्त आर्थिक सहयोग जुटाइएको हो।

बाढी पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको एसोसिएसनले जनाएको छ। एसोसिएसनमा आबद्ध अन्य क्यासिनोहरूले छुट्टाछुट्टै सहयोग पनि प्रदान गरिसकेका छन्।