घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज १२ सोमवार १०:५०
988
shares
shares

काठमाडौं, १२ असोज । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ५ हजारले घटेको हो ।
महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३ सयमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य १४५ रुपैयाँले घटेको छ । आइतबार ४ हजार ६ सय ५५ रुपैंया मा कारोबार भएको चाँदी घटेर सोमबार ४ हजार ५ सय १० रुपैंया मा कायम भएको हो ।

















