Dhulikhel Eco Banner new

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

4.63K
shares

काठमाडौं, २८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले QR SCAN मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको QR हरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि QR SCAN मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिनेछ ।