Dhulikhel Eco Banner new

दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” नोभेम्बर १ राति ८ बजेदेखि प्रारम्भ हुँदै

533
shares

काठमाडौं,११ कार्तिक। दराज नेपालले तिहार र छठलाई लक्षित गर्दै ‘द बिग बोस इज ब्याक’ नारासहित वर्षकै ठूलो अनलाइन किनमेल अभियान ‘दराज ११.११’ सञ्चालन गर्ने भएको छ।

नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म अर्थात् कात्तिक १५ देखि २५ गतेसम्म सञ्चालन हुने अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्रीमा निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्।

विभिन्न ब्रान्डमा ८० प्रतिशतसम्म छुट

अभियानमा दराजका प्लाटिनम, गोल्ड र सिल्भर साझेदार ब्रान्डले आकर्षक छुट उपलब्ध गराउनेछन्। प्लाटिनम साझेदार रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्म छुट दिनेछन्।

त्यस्तै, गोल्ड साझेदार ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले ७० प्रतिशतसम्म तथा सिल्भर साझेदार फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारले ८० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्।

अभियानको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि २ गते बिहान २ बजेसम्म सञ्चालन हुने क्रस क्याटेगोरी ब्रान्ड रश आवरबाट हुनेछ। नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ।

नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेन्सडे, एफएमसीजी थर्सडे, दराज च्वाइस फ्राइडे, फेसन स्याटरडे र न्यू अराइभल्स सन्डेजस्ता विशेष कार्यक्रम सञ्चालन हुनेछन्।

छनोट गरिएका विक्रेतामार्फत ३ हजार रुपैयाँसम्मका तिहार भाउचर पनि उपलब्ध हुनेछन्। दराज च्वाइसका ग्राहकले योग्य सामग्री तीनवटा किन्दा निःशुल्क डेलिभरी र चारवटा किन्दा एउटा निःशुल्क पाउने सुविधा पनि रहनेछ।

बैंक र डिजिटल वालेटबाट थप बचत

दराजले आठवटा बैंकसँगको सहकार्यमा योग्य अग्रिम भुक्तानीमा थप छुट दिने जनाएको छ। योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत अर्थात् अधिकतम २ हजार रुपैयाँसम्म र डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत अर्थात् अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ।

यसमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक सहभागी छन्। इसेवा तथा खल्ती बाई आईएमईमार्फत भुक्तानी गर्दा विशेष रश आवर अफरमा १ हजार रुपैयाँसम्म छुट पाउन सकिनेछ।

थाइल्यान्ड भ्रमणसहित विभिन्न उपहार

न्यूनतम १ हजार १११ रुपैयाँको चेकआउट अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स सामग्रीको बन्डल जित्ने अवसर पाउनेछन्। योग्य ग्राहकले विभिन्न ब्रान्डका दैनिक उपहार योजनामा पनि सहभागी हुन सक्नेछन्।

त्यस्तै, दराज नेपालको इन्स्टाग्राममा सार्वजनिक गरिने मिस्ट्री डिलको मूल्य सही अनुमान गरी कमेन्ट गर्नेले विभिन्न ब्रान्डका उपहार ह्याम्पर जित्न सक्नेछन्।

अन्य विशेष उपहारअन्तर्गत अनर नेपालबाट आठ जना ग्राहक र ग्लेन नेपालबाट एक जना ग्राहकले थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्। मामाअर्थबाट सात जनाले ग्लिम ३ हेयर आइरन, सफारी नेपालबाट दुई जनाले ओम अध्याय रिट्रिट–रिसोर्ट र नगरकोट सोल्टी रिसोर्टमा जोडीका लागि विशेष बसाइ जित्न सक्नेछन्।

यसैगरी, बिग डिजिटलबाट एक जनाले ८ केजी क्षमताको फ्रन्ट लोड वासिङ मेसिन र एयर फ्रायर तथा ब्रो स्टोर (बाल्ट्रा) बाट एक जनाले ५० इन्चको ४के स्मार्ट एलईडी टिभी जित्ने अवसर पाउनेछन्।

दराजका अनुसार यो अभियानले तिहार र छठको किनमेललाई सहज बनाउँदै उपभोक्तालाई छुट, भौचर, निःशुल्क डेलिभरी र विभिन्न उपहारको लाभ लिने अवसर प्रदान गर्नेछ। अभियानसम्बन्धी थप जानकारी दराज एप, दराज नेपालको फेसबुक पेज तथा दराज नेपालको वेबसाइट बाट लिन सकिनेछ।

नियम तथा सर्तहरू लागू हुनेछन्।