सुनको मूल्य एकैदिन ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार ११:०१
shares

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।




















