Dhulikhel Eco Banner new

पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

546
shares

काठमाडौं, १३ कार्तिक। पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन भएको विभागले जनाएको छ ।

वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।