Dhulikhel Eco Banner new

काठमाडौंका यी क्षेत्रमा आज ६ घण्टा विद्युत् अवरुद्ध हुने

494
shares

काठमाडौं,१३ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली भूमिगत गर्ने कार्यका लागि आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने क्रममा बाफल फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । उक्त क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका स्थान रहेका छन् ।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ । त्यस्तै, मौसम प्रतिकूल भएमा विद्युत् कटौतीको निर्धारित तालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।