मिर्मिरे लघुवित्तको विशेष साधारणसभा आज, एपपीओ निष्काशन को प्रस्ताव पारित गर्ने
वि.सं.२०७९ असार ३१ शुक्रवार १०:५२
shares

काठमाडौं, ३१ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आज (असार ३१ गते) हुँदै छ ।
सभा होटल सारथी धुलिखेल नगरपालिका ८, काभ्रेपलाञ्चोकमा हुने बताइएको छ ।
उक्त सभाले बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, यस लघुवित्तले बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात पूँजी संरचना मिलाउन एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले असार २४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा असार २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउँनेछन् ।



















