Dhulikhel Eco Banner new

मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध, पाँच साइजमा पाइने

1.73K
shares

काठमाडौं, ३० कात्तिक।  विश्वप्रसिद्ध टायर निर्माता कम्पनी मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ। नेपालमा मिशेलिनको वितरण सिप्रदीसँग सम्बन्धित आधिकारिक वितरण सञ्जालमार्फत हुँदै आएको छ।

आधुनिक प्यासेन्जर कार, सेडान तथा एसयूभीलाई लक्षित गरी विकास गरिएको प्राइमसी ५ टायरलाई सुरक्षा, टिकाउपन र ड्राइभिङ कम्फर्टमा केन्द्रित उत्पादनका रूपमा प्रस्तुत गरिएको छ।

मिशेलिनका अनुसार प्राइमसी ५ मा प्रयोग गरिएको नयाँ ट्रेड डिजाइन र EverGrip प्रविधिले भिजेको सडकमा ब्रेकिङ कार्यसम्पादन सुधार गर्न सहयोग गर्छ। कम्पनीले अघिल्लो पुस्ताको प्राइमसी ४ को तुलनामा नयाँ टायरको भिजेको सडकमा ब्रेकिङ दूरी नयाँ अवस्थामा ४ प्रतिशत कम हुने र टायरको आयु १८ प्रतिशतसम्म बढी हुने दाबी गरेको छ।

त्यसैगरी, टायरको सडकसँगको सम्पर्कलाई प्रभावकारी बनाउने MaxTouch प्रविधिले एक्सेलेरेसन, ब्रेकिङ तथा कर्नरिङका क्रममा बललाई समान रूपमा वितरण गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ। यसले टायरको टिकाउपन बढाउन मद्दत गर्ने बताइएको छ।

नेपालमा प्राइमसी ५ पाँचवटा साइजमा उपलब्ध गराइएको छ। उपलब्ध साइजहरूमा १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ रहेका छन्।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार २१५/६० आर१७ साइज हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सजस्ता सवारीसाधनलाई लक्षित गरिएको छ।

त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया ब्रान्डका केही पुराना सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ। २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि लक्षित गरिएको छ।

यसैगरी, १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोजस्ता मोडलका लागि उपलब्ध हुनेछ। २१५/६० आर१६ साइज भने हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि ल्याइएको छ।

तर, सवारीसाधनको मोडल र नामका आधारमा मात्र टायर छनोट गर्नु उपयुक्त हुँदैन। सम्बन्धित गाडीको उत्पादकले तोकेको टायर साइज, लोड इन्डेक्स र स्पिड रेटिङसँग मिलाएर टायर छनोट गर्नुपर्ने हुन्छ।

मिशेलिनले सन् १८८९ देखि टायर उत्पादन तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ। कम्पनीले विश्व बजारमा प्यासेन्जर कारदेखि व्यावसायिक सवारीसाधनसम्मका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको छ।

मिशेलिन प्राइमसी ५ नेपाली बजारमा उपलब्ध भएसँगै प्रिमियम टायर प्रयोग गर्न चाहने उपभोक्ताका लागि थप विकल्प थपिएको छ। टायरको मूल्य, स्टक तथा खरिदसम्बन्धी जानकारी सिप्रदी अटोपार्ट्समार्फत लिन सकिनेछ।