Dhulikhel Eco Banner new

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ३ करोड नाफामा, बीमाशुल्क आर्जन २३ प्रतिशत बढ्यो

1.35K
shares

काठमाडौं, ३० कात्तिक। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २० करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। यसअनुसार कम्पनी अघिल्लो वर्षको घाटाबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा फर्किएको छ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४४ करोड ६७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ १ करोड ६० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८६ करोड २५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४४ करोड ५७ लाख रुपैयाँ रहेको थियो। सो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २ करोड ८२ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ९ अर्ब २१ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको बीमा कोषको आकार १४.७४ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जनमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन २३.२० प्रतिशतले बढेको छ।

कम्पनीको खुद बीमाशुल्क आर्जनसमेत बढेको छ। समीक्षा अवधिमा कम्पनीले ३४ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २४ करोड १२ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ४३.४८ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ईपीएस २७ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०१.२५ गुणा र प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४२ पैसा रहेको छ।

यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स घाटाबाट नाफामा फर्किएको छ। सोही अवधिमा कम्पनीको कुल तथा खुद बीमाशुल्क आर्जन र बीमा कोषमा समेत अघिल्लो वर्षको तुलनामा वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।