Dhulikhel Eco Banner new

नेपाल फाइनान्सको संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँमै खरिद गर्न पाइने

689
shares

काठमाडौं, ४ मंसिर । नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको २ लाख ३१ हजार ४०३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएको थियो । तर, तोकिएको अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

अब उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।