Dhulikhel Eco Banner new

नबिल बैंकको झन्डै ४० प्रतिशत शेयर एउटै कम्पनीको स्वामित्वमा, यी हुन् पाँच ठूला शेयरधनी

806
shares

काठमाडौं, ४ मंसिर । नबिल बैंक लिमिटेडमा पाँच ठूला शेयरधनीको स्वामित्वमा कुल शेयरको उल्लेख्य हिस्सा रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका ठूला शेयरधनीको संख्या पाँच रहेको छ ।

बैंकको सबैभन्दा ठूलो शेयरधनीका रूपमा एनबी इन्टरनेशनल लिमिटेड रहेको छ । यस कम्पनीको नाममा नबिल बैंकको ३९.४४ प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयरको मूल्य १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँ बराबर छ ।

त्यस्तै, दोस्रो ठूलो शेयरधनीका रूपमा आईएफआईसी बैंक पीएलसी रहेको छ । यस बैंकको स्वामित्वमा नबिल बैंकको ७.७७ प्रतिशत शेयर रहेको छ । यसको मूल्य २ अर्ब १० करोड १७ लाख २६ हजार ४०० रुपैयाँ बराबर छ ।

तेस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीसँग नबिल बैंकको ७.६३ प्रतिशत शेयर स्वामित्व छ । उक्त शेयरको मूल्य २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६०० रुपैयाँ बराबर रहेको छ ।

यसैगरी, चौथो ठूलो शेयरधनी निर्वाण कुमार चौधरी रहेका छन् । उनको नाममा बैंकको ०.७० प्रतिशत शेयर रहेको छ । यसको मूल्य १८ करोड ९७ लाख ४५ हजार ९०० रुपैयाँ बराबर छ ।

पाँचौँ ठूलो शेयरधनी वरुण चौधरी हुन् । उनको स्वामित्वमा बैंकको ०.६७ प्रतिशत शेयर रहेको छ । उक्त शेयरको मूल्य १८ करोड ८ लाख ९८ हजार ५०० रुपैयाँ बराबर रहेको छ ।

बैंकको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तको तुलनामा यी पाँचै ठूला शेयरधनीको शेयर स्वामित्व प्रतिशतमा कुनै परिवर्तन भएको छैन ।