नेपाल एसबिआई बैंकको ३३ औँ वार्षिक साधारण सभा मंसिर २९ मा
वि.सं.२०८३ मंसिर ९ बुधवार ०९:५४
312
shares
shares

काठमाडौँ — नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदन गर्न मंसिर २९ गते ३३ औँ वार्षिक साधारण सभा डाकेको छ। काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा सुरु हुने बैंकले जानकारी दिएको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४.८५ प्रतिशत नगद गरी कुल ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सोही विशेष प्रस्तावलाई सभाले अन्तिम स्वीकृति दिनेछ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने (मर्जर तथा एक्विजिशन) सम्बन्धी कार्य अघि बढाउन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेन्डासमेत छ। साथै, स्वतन्त्र सञ्चालक नियुक्तिबारे जानकारी गराउने र चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित हुनेछ।
साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते बुकक्लोज तोकेको छ। यसअनुसार मंसिर १६ गतेसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।

















