Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफको विशेष योजना : पुराना बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म ब्याज छुट

260
shares

काठमाडौं, १० मंसिर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण (नवीकरण) गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीले बीमितहरूको मागलाई ध्यानमा राख्दै विभिन्न कारणले बीमाशुल्क भुक्तानी गर्न बाँकी रही म्याद समाप्त भएका बीमालेखलाई पुनः सक्रिय गराउन यस्तो छुट योजना ल्याएको हो ।

कम्पनीका अनुसार २०८३ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी पुनर्जागरण गरिने व्यतित बीमालेखमा बीमा प्रारम्भ मितिका आधारमा छुट प्रदान गरिनेछ ।

योजनाअन्तर्गत बीमा प्रारम्भ मितिबाट दुई वर्षभित्र व्यतित भएका बीमालेखमा १०० प्रतिशत ब्याज छुट दिइनेछ । त्यस्तै, दुई वर्षदेखि तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा ५० प्रतिशत ब्याज छुट उपलब्ध हुनेछ ।

तर, यस योजनाअन्तर्गत पुनर्जागरण गरिएका बीमालेख दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरिएको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

यसअघि नै विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने यो योजनामा समावेश गरिने छैन । साथै, यस योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितले पूरा बीमा अवधिभर पुनः ब्याज छुट सुविधा प्राप्त गर्न पाउने छैनन् ।

कम्पनीका अनुसार बीमालेख पुनर्जागरण गर्न अनिवार्य रूपमा आवश्यक अन्डरराइटिङ प्रक्रिया पूरा गर्नुपर्नेछ ।