Dhulikhel Eco Banner new

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

936
shares

काठमाडौं, १० मंसिर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।

मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।