Dhulikhel Eco Banner new

एनआईसी एशिया र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य समायोजन, कति भयो नयाँ मूल्य ?

559
shares

काठमाडौं, ११ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार मंसिर ११ गते दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद शेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता २५० रुपैयाँ कायम भएको छ । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको समायोजित शेयरमूल्य प्रतिकित्ता १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम शेयरमूल्यका आधारमा दुवै कम्पनीको मूल्य समायोजन गरेको हो । बिहीबार दोस्रो बजारमा एनआईसी एशिया बैंकको शेयर प्रतिकित्ता ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अब समायोजित मूल्यलाई आधार मानेर शुक्रबार दोस्रो बजारमा यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ ।