Dhulikhel Eco Banner new

बैंकर्स ईश्वर उप्रेतीलाई नेचासल्यान गाउँपालिकाद्वारा सम्मान

299
shares

काठमाडौं, ११ मंसिर । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी ईश्वर उप्रेतीलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले जलविद्युत् आयोजना शेयर व्यवस्थापन तथा बैंकिङ कारोबारमा सहजीकरण गरी प्रभावकारी सेवा प्रवाहमा योगदान पुर्‍याएको भन्दै उप्रेतीलाई सम्मान गरेको हो ।

गाउँपालिकाको १९औँ गाउँसभाको निर्णयअनुसार उप्रेतीलाई सम्मानपत्र प्रदान गरिएको हो । गाउँपालिकाले आफ्नो क्षेत्रका नागरिकलाई जलविद्युत् आयोजनाको शेयर व्यवस्थापन तथा विभिन्न बैंकिङ कारोबारमा सहजीकरण गरेको योगदानको कदर गर्दै सम्मान गरेको प्रमाणपत्रमा उल्लेख छ ।

एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष धनजन राईले उप्रेतीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

उप्रेतीले वित्तीय साक्षरता र वित्तीय पहुँचसम्बन्धी लेख तथा आलेख राष्ट्रिय पत्रपत्रिकामा लेख्दै आएका छन् । वित्तीय साक्षरता अभिवृद्धि र बैंकिङ सेवामा पहुँच विस्तारका विषयमा उनको लेखन तथा योगदान रहँदै आएको छ ।