Dhulikhel Eco Banner new

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

5.32K
shares

काठमाडौं, १ साउन । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मुल्यमा १ सय रुपैँयामा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रुपैँयाको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको शेयरको प्रत्याभुति हुने छ ।