नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन
वि.सं.२०७९ साउन १ आइतवार १६:२२
7.68K
shares
shares

काठमाडौं, १ साउन । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएका छन् । असार ३१ गते बसेको कम्पनीको बैठकले प्रेम कुमार श्रेष्ठलाई नियुक्त गरेको हो ।
कम्पनीको संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा ध्रुवचन्द्र गौतमले प्रतिनिधित्व गर्दै आएकोमा उनको ठाउँमा प्रेम कुमार श्रेष्ठ नियुक्त भएको कम्पनीले जनाएको छ । उक्क्त जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।

















