Dhulikhel Eco Banner new

सबैको लघुवित्तको बर्दिवास मुकामले गर्‍यो रक्तदान कार्यक्रम

9.2K
shares

काठमाडौं, १ साउन । सबैको लघुवित्त बित्तीय संस्था लिमिटेड बर्दिबास सुपरीवेक्षण मुकामले रेडक्रस सोसाईटी नेपाल, जनकपुर शाखाको प्राविधिक सहयोगमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको छैंठौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाको रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथी महोत्तरी जिल्ला बर्दिबास, गौरीडाँडा स्थित ईलाका प्रशासन कार्यालयका प्रहरी सहायक निरीक्षक राम सागर महतोले आफनो मन्तब्यको क्रममा रक्तदान गर्दा शरिर स्वस्थ हुने र समय समयमा रक्तदान गर्दै आएकोे समेत जानकारी दिएका थिए ।

साथै संस्थाले इलाका प्रहरी कार्यालयलाई निमन्त्रणा गरेकोमा धेरै खुसी खुसी व्यक्त गरेका थिए । रेडक्रस सोसाईटी नेपाल, जनकपुरका प्राविधिक श्री नरेश यादवले संस्थाले सञ्चालन गरेको कार्यक्रममा आएर सहयोग गर्न पाउँदा खुसी लागेको जानकारी गराएका थिए ।

हरेक स्वस्थ ब्यक्तिले आफु स्वस्थ र स्फुर्त हुनका लागि रक्तदान गर्नुपर्ने, रक्तदान गर्दैमा शरिरलाई केही फरक नपर्ने जानकारीगराएका थिए । साथै प्राविधिक यादवले ब्लड प्रेसर उच्च रक्तचाप तथा न्यून रक्तचाप भएका ब्यक्तिहरुले रक्तदान नगर्न र महिनावारी भएका महिलाहरुले महिनावारी भएको सात दिनपश्चात मात्र रक्तदान गर्न सुझाव दिएका थिए ।

छैठौं वार्षिकोत्सव कार्यक्रम, सहमूल समितिका संयोजक तथा सुपरीवेक्षण अधिकृत दिप कुमार चौधरीले रक्तदानको महत्व तथा उद्देश्य बारेमा प्रकाश पारेका थिए । प्रमुख अतिथी, अतिथीहरु, रेडक्रस सोसाईटी नेपाल, जनकपुरलाई माया चिनो प्रदान गर्नुका साथसाथै रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सुपरीवेक्षण अधिकृत चौधरीले प्रशंसा पत्र वितरण र रेडक्रस सोसाइटी, इलाका प्रहरी कार्यालाय र गुरुकुल बोर्डिङ स्कूललाई मायाको चिनो गर्नुका साथै धन्यवादज्ञापनगरेका थिए । कार्यक्रममा बर्दिबास सुपरीवेक्षण मुकाम, देउरी शाखा उदयपुर, अर्नाहा शाखा सप्तरी, लडकन्हा शाखा सिरहा, शाखा धनुषा, बहुअर्वा शाखा धनुषा, पिपरा शाखा महोत्तरी, शाखा महोत्तरी, मनरा शाखा महोत्तरी, सोनमा शाखा महोत्तरी, बर्दिवास शाखा महोत्तरी, बयलवास शाखा सर्लाही, कौडेना शाखा सर्लाही, सिसौट शाखा सर्लाही, पोखरिया शाखा पर्सा र मनवा शाखा पर्साका कर्मचारीहरु तथा एक जना वाह्य ब्यक्तिले रक्तदान गरेका थिए ।

सञ्चारकर्मी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र गौरीडाँडाका पत्रकार राम नारायाण महतो र पुनम सिंहको उपस्थित रहेको थियो । ११ः०० बजे सुरुवात भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य सुपरीवेक्षण अधिकृत प्रेम बहादुर कार्कीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन सुपरीवेक्षण अधिकृत कुशल पोख्रेलले गरेका थिए । ३५ जनाले ३५ युनिट रगत संकलन भएको थियो ।