४०० सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ साउन २ सोमवार ११:१५
shares

काठमाडौं, २ साउन । सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य भने बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१४ दशमलव ९१ डलर पुगेको छ ।
त्यसैगरी, डलरको मूल्य पनि यो दिन स्थिर रहेको छ । सोमवार एक अमेरिकी डलरको विक्रिदर १२८ दशमलव ११ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलर विक्रीदर १२८ दशमलव ११ रुपैयाँ रहेको थियो ।

















