शेयर बजारको उकालो लाग्ने क्रम जारी, आज १८ अंकको वृद्धि
वि.सं.२०७९ साउन २ सोमवार १५:४४
4.49K
shares
shares

काठमाडौं, २ असार । आर्थिक वर्ष सुरु भएसँगै शेयर बजारमा पनि सुधार आएको छ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक १८ दशमलव ०३ अंकले बढेको छ ।सोमबार नेप्से परिसुचक शुन्य दशमलव ९० प्रतिशतले बढेर २०२९ दशमलव ४३ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेको छ । दिनभर भएका २३ हजार ३ सय ८३ काारेबारबाट २११ कम्पनीका ३१ लाख ४२ हजार ४ सय २ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० पुगेको छ ।









