मौद्रिक नीति पछि बैंकको ब्याजदर थप बढ्ने, मुद्रा स्फितिको लक्ष्य पनि बढाइने
वि.सं.२०७९ साउन ६ शुक्रवार ११:४२
shares

काठमाडौं, ६ साउन । चालु आर्थिक वर्षका लागि आउने मौद्रिक नीति पछि बैंकको ब्याजदर थप बढ्ने भएको छ । महंगी नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रण नगर्ने नीति अख्तियार गर्ने भएको हो ।
राष्ट्र बैंक श्रोतका अनुसार मौद्रिक नीतिले मुद्रा स्फिति भने बढ्ने संकेत गर्नेछ । गत आर्थिक वर्षभित्रमा मुद्रा स्फिति साढे ६ प्रतिशतमा कायम गर्ने राष्ट्र बैंकको लक्ष्य थियो । तोकिएको सीमा भित्र राख्न गत वर्ष राष्ट्र बैंकलार्ए निकै हम्मे हम्मे परेको छ ।
रुस–युक्रेन युद्धले इन्धनको मूल्य अचाक्ली बढेको छ भने अन्य दैनिक उपभोगीय वस्तुहरुको मूल्य पनि आकासिएको छ । यसलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले मुद्रास्फितिको लक्ष्य भने गत वर्षको भन्दा केही बढाउने भएको हो ।



















