मौद्रिक नीति दिउसो ४ बजे सार्वजनिक हुँदै, नेपाल टेलिभिजनबाट लाइभ हुने
वि.सं.२०७९ साउन ६ शुक्रवार १२:०१
shares

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार ४ बजे सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक बोर्ड बैठकले निर्णय गरेसँगै ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।
४ बजे वेवसाइटबाट मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले बताए । उनका अनुसार औपचारिक कार्यक्रम खुला ठाउँमा भने हुने छैन । मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकको आन्तरिक कार्यक्रम भने हुनेछ । सहायक प्रवक्ता पोखरेलका अनुसार सार्वजनिक कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।



















