Dhulikhel Eco Banner new

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकले बोलायो पत्रकार सम्मेलन

5.88K
shares

काठमाडौं, ६ साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुँदैछ । मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकले अपरान्ह ४ बजे पत्रकार सम्मेलन बोलाएको छ । आर्थिक पत्रकारहरुलाई राष्ट्र बैंकले बोलाएर भर्चुअल पत्रकार सम्मेलन गर्न लागेको सहायक प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

पत्रकारहरुलाई जुममार्फत सहभागिताका लागि अनुरोध गरिएको छ भने सरकारी टेलिभिजन नेपाल टेलिभिजनबाट मौद्रिक नीति सार्वजनिकको प्रत्यक्ष प्रशारण हुने सहायक प्रवक्ता पोखरेलले बताए ।