प्रभु क्यापिटलले ल्यायो क्यास्टिभल अफर, यस्ता छन् सुविधा
वि.सं.२०७९ साउन ११ बुधवार १४:०४
shares

काठमाडौं,११ साउन । नेपाली पूँजी बजारमा भिडियो के. वाई. सी. मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले समय अनुसारकोे प्रविधि अपनाउदै ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै “प्रभु क्यापिटल क्यास्टिभल अफर” ल्याएको छ, । यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ ।
यस क्यास्टिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको ‘प्रभु कयापिटल डिजिटल एप’ डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक÷कनेक्ट गर्नुपर्नेछ ।
यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५००० हजार, ३००० हजार, र २००० हजार जित्न सक्नुहुनेछ भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले १,००,००० लाख जित्न सक्नेछन् ।
यो योजना हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ ।

















