Dhulikhel Eco Banner new

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

5.12K
shares

काठमाडौं, ११ साउन । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच सम्झौता भएको छ । दुई कम्पनीबीच फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयरनिष्काशन गर्नको लागि एक कार्यक्रमआयोजना गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयु फर्म टेक्निकल सपोर्ट रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रहेको छ ।

रहीकम्पनीले युरोपियन गुड म्यानुफ्याक्सरिङ स्ट्यान्डर अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको तथा फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कुरा कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्धनिर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
ष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।