सुनको मूल्यमा वृद्धि, कति छ बजार भाउ ?
वि.सं.२०७९ साउन १५ आइतवार ११:४७
4.39K
shares
shares

काठमाडौं, १५ साउन । आइतबार सुनको मूल्य बृद्धि भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन तोला २ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी एक हजार २२० रुपैयाँका कारोबार भएको थियो ।

















