सगरमाथा इन्स्योरेन्सले ४ दिने अभिकर्ता तालिम दिने
वि.सं.२०७९ साउन २२ आइतवार १४:५२
4.56K
shares
shares

काठमाडौं, २२ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको तालिम दिने भएको छ । कम्पनीको बुटवल शाखाले यहि भदौं १ गतेदेखि भदौं ४ गतेसम्म चारदिने तालिम संचालन गर्न लागेको हो ।
कम्पनीका अनुसार तालिम बुटवल शाखा कार्यालयमा हुने साथैजुममार्फत पनि हुने जनाएको छ । तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दिइनेछ ।
उक्त तालिममा सहभागी हुन चाहने इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय अर्थात् बुटवल शाखामा सम्पर्क गर्न सक्नेछन् ।















