Dhulikhel Eco Banner new

आज ५५३ जना पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

4.38K
shares

काठमाडौं, २२ साउन । आइतबार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार ७८९ नमुना परीक्षण गरिएको थियो ।

जसमध्ये दुई हजार ४० पीसीआर परीक्षणबाट ४५१ जना र एक हजार ७४९ एन्टिजेन परीक्षणबाट १०२ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको हो ।

आइतबार ४३३ जनाले कोभिड १९ जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकाभित्र काठमाडौंमा १८६, ललितपुरमा ५४ र भक्तपुरमा २४ जनामा संक्रमण पाइएको छ । यसरी उपत्यकाभित्र आज २६४ जना संक्रमित थपिएका हुन् ।

साउन लागेयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपालमा साउन २२ गते, एक हजार ४३९ सक्रिय संक्रमित रहेकोमा साउन १८ गतेसम्ममा बढेर पाँच हजार ६५९ पुगेको छ ।