तयार भयो तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, क्यालिब्रेसन फ्लाइटको मिति तोकियो
वि.सं.२०७९ साउन २३ सोमवार ०८:५७
shares

काठमाडौं, २३ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछि अर्को तेस्रो विमानस्थल पनि तयार भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिएको हो । करीब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यो विमानस्थलको क्षेत्रफल २०० हेक्टर रहेको छ ।
आगामी अक्टोबर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने जनवरीदेखि विमानस्थल सञ्चालन गर्ने तयारी गरिएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा तयार भएको यस विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई उक्त मितिदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

















